थरुहट बन्दको पूर्व सन्ध्यामा मोर्चाको कायकर्तामाथि हातपात, एकजना गिरफ्तार

समाचार २० फाल्गुन २०७६, मंगलवार Hits : 751
थरुहट बन्दको पूर्व सन्ध्यामा मोर्चाको कायकर्तामाथि हातपात, एकजना गिरफ्तार

धनगढी, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले अह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मोचाको कायकर्तामाथि हातपात भएको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले जानकारी दिए ।

उनका अुनसार कञ्चनपुरको सिसहिया गाउँमा सई भोजराज धामीको नेतृत्वमा खटिएको टोलीले गाउँमै पसेर खानतलासी, कुटपित, धरपकड गरि मोर्चाका कार्यकर्ता सञ्जय रानालाई गिर्फतार गरेको भन्दै गम्भिर ध्यानकर्षण रहेको बताए ।

सोमबार साँझ बन्दको पूर्व सन्ध्यामा तराईको विभिन्न जिल्लामा मसाल जुलुश प्रदर्शन समेत भएको थियो । यसैबीच कञ्चनपुरमा मसाल जुलुस प्रदर्शन गरेर घर फर्केका रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दको पूर्व सन्ध्यामा सञ्जय राना लगायत केही कार्यकर्ताहरु मसाल जुलुस निकाल्दा प्रहरीले उनीहरुलाई छोप्ने क्रममा केही धरपकड भएको एन्सपेक्टर कृष्णादत्त भट्टले बताए । उनले ‘हामी केन्द्रको निर्देशन पालना गर्ने हो । माथिबाट मसाल जुलुस निकाल्न दिएको थिएन तर उनीहरु निकाले । जसले गर्दा हामी उनीहरुलाई छोप्ने क्रममा सञ्जय रानालाई नियन्त्रण लियौं बाँकी भागे ।’ उनले थपे ‘बन्दकर्ताहरु भाग्ने क्रममा केही चोटपटक लागेको हो, तर प्रक्राउ परिसकेपछि कुटपिट गरेका छैनौं ।’

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको छ ।

जनआवाजको टिप्पणीहरू