जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा निषेधाज्ञा जारी

थारु कार्यक्रम १० चैत्र २०७६, सोमबार Hits : 1334
जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा निषेधाज्ञा जारी

धनगढी, १० चैत्र । जिल्ला प्रशासन कार्यालय कैलालीले आज २ बजे देखि निषेधाज्ञा जारी गर्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो जनाएको हो ।
कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जनआवाजको टिप्पणीहरू