थारु समुदायमा गुरुवाको महत्व

स्वास्थ्य १८ फाल्गुन २०७७, मंगलवार Hits : 670
थारु समुदायमा गुरुवाको महत्व

थरुहत गुरुवाको स्थान अत्यन्त महत्वपुर्ण मानिन्छ । धामी झा“क्रिले आप्ःनो प्रतापबाट थारु समुदायलाई ब“चाउदै आएकोले उनीहरु प्रताप एव्म कौशलले बथाको रुप धारणा ग¥यो । त्यसैले थरुहटमा धामी झा“क्रिसम्बन्धी धेरै लोककथा पाईन्छन । थारु लेक साहित्यमा गु¥वा को महत्वको प्रतिविम्व देख्न पाईन्छ ।


गुर्बाबक् जर्मौटी (थारु लोक ब्रम्हाणड पुराण ) फुलवार (थारु लोकशिव पार्वती पुराण ) राम विहग्रा (थारु लोक रामायण) बर्कीमार(थारु लोक महाभारत ) अष्टिम्की ÷सख्या÷पैंया (थारु लोक भगावट पुराण ) हिउटी सा“ची कहरा जोगन्यिा ,माधो – सुन्दरी आदी थारु समुदायको जनजिब्रोमा झण्डिएको छ ।

थारु मन्टरलाई जीवन्त राख्ने थारु ढकेहेरले प्रकृति रक्षाका लागि यही लोक साहित्य गाउछन् । आमा थारु समुदायमा फुलवारलगायत काव्य नगाईए पनि ढकेहेरले विभिन्न पुजा पाठमा यसका श्लोक पढ्छन । जस्तो कि हरेरीको अवसरमा मरुवामा हरेहर खेटौटी बा“झो काख जगाउन छुटकी फुलवार कसैको पिढी सकिएर नया“ देउता गर्नु परेमा बर्का फूलवार ढकेहेरले गाउ“छन् ।


बर्कामारको एक प्रसंगमा किचक दिन प्रतिदिन विरामी हुदा“ उसको स्वास्थ्य परिक्षण ्का लागि घनपट गुरवालाइृ बोलाएर ल्याएको प्रसंग छ । घनपट गुरवाले मन्त्र शक्तिबाट किचकको स्वास्थ्य परिक्षण गर्दा शारीरिक नभई मानसिक रोग भएको बयान गर्छन किचकको द्रोपतीको प्रेममा एकतर्फी आकर्षित भएर विरामी भएको हुन्छ ।

वर्कीमारमैं शमी वृक्षमा लुकाएर राखिएको अस्त्र अर्जुनले आछट छिटेर पवित्र पारेको तथा त्यसको पुजा गरेर मैले जहा“ पठाउ“m त्यहि जा भनेको प्रसंग उल्लेख छ । ऋाल सम्म पनि थारु समुदायमा दुलहा जन्ती जानु अघि उनको लुगा , डोला गुरवाले मन्टर पढि आछट छिटेर पवित्र पार्दछ । यी यावट प्रसंगले थारु समुदायमा गुरवाको महत्व महाभारतकालिन समय देखि नै रहेको देखाउछ ।

ढुरिया पुजा
यी पुजा बैशाख जेठ म करजाईथ । यी पुजा खेती पातीके सुरवात करनासे आगे दक्षिणओरके देवता पटेनहया हे पठाईकलग यी पुजा करजाईठ । यी पुजामे चोरवा झगरहुवा ,सुमवा करके ३ समुह बनाईल रथै । २२ थो मुर्गी ओ १ थो घेटरु लगठ यी पुजामा एक समुहके एक वर्षमे एक चोट किल पुजा कर्ना के व्यवस्था नियम रहथ ।

रेन्झी पुजा
इो पुजा असारमा गरिन्छ । त्यसैले यसलाई असारी पुजा पनि भनिन्छ । लामखुट्टेलगायतकुनै अन्य किराले नटोकुन रेन्झ खेन्झ (महामारी) न सारुन भन्ने हेतुले या उत्तरको पट्नही देउता पठाउनलाई पुजा गरिन्छ । यसमा पनि २२ वटा चल्ला र १ वटा सु“गुरको बली चढाईन्छ ।


हरेरी पुजा
खेतीपाती हरियो भई रहोस र गान्धीलगायत कीरा किरा धानमा लागेर नोक्सान नगरुन , कुलोमा पानी राम्ररी लागोस भन्ने अभिप्राय ले हरेरी पुजा गरिन्छ । यसमा पनि २२ वटा चल्ला र १ वटा सु“गुर पाठो चढाईन्छ । ५÷५ वर्ष पछि हरेरी पुजाको पिढी फेरीन्छ । त्यसमा भने २२ वटा चल्ला र १ सु“गुर बाहेक १ बोका र १भेडा पनि चढाईन्छ । यसमा ढकेहेरले रातभरी ढाक बजाउछन । यस बाहेक हरेरी पुजा पछि ५ वर्षको अन्तरालमा मरिच पुज्छन । यो दुःख दिने भुत मानिन्छ । यसलाई मनाउन एउटा बाख्रा पाठो चढाईन्छ ।

- थारु गुरुवा र मन्त्र ज्ञान

कृष्णराज सर्वहारी

जनआवाजको टिप्पणीहरू