टीकापुर घटनाका राजबन्दी परिवारलाई भल्मन्साले गरे ५० हजार सहयोग

समाचार २४ भाद्र २०७७, बुधबार Hits : 713
टीकापुर घटनाका राजबन्दी परिवारलाई भल्मन्साले गरे ५० हजार सहयोग

धनगढी, २४ भदौ । टीकापुर घटनाका राजबन्दी परिवारलाई एक भल्मन्साले आर्थिक सहयोग गरिएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. ५ जाँइ गाउँका भलमन्सा तथा समाजसेवी कूलबीर चौधरीले व्यक्तिगत रु. ५० हजार आर्थिक सहयोग गरेका हुन् । थारु विद्यार्थी समाज कैलालीको आयोजनामा मंगलबार टीकापुरमा भएको एक कार्यक्रमका बिच उनले सो रकम राजबन्दी परिवारलाई हस्तान्तरण गरे ।

प्रति परिवार ५ हजारका दरले १० घरपरिवारलाई आर्थिक सहयोग गरेको थारु विद्यार्थी समाजका अध्यक्ष आशिष चौधरीले जानकारी दिए । कोरोना कहरका बिच भल्मन्सा चौधरीले पीडामा परेका परिवारलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । उनले राजबन्दी परिवारलाई खान लाउन समस्या भएपछि केही राहत होस् भन्ने उदेश्य सहयोग गरेको बताए ।

जेलजीवन बिताइरहेका वृजमोहन चौधरी, राजेश चौधरी, सीताराम चौधरी, राजकुमार कठरिया, सुन्दर कठरिया, प्रदिप चौधरी, श्रवण चौधरी, हरिनारायण चौधरी, बिरबहादुर चौधरी, गंगाराम चौधरीको घरपरिवारले सहयोग पाएका हुन् ।

थारु विद्यार्थी समाजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा जाँई गाउँका भलमन्सा कूलबीर चौधरी रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथी थरुहट थारुवान मोर्चाका केन्द्रिय सदस्य रामप्रसाद चौधरी, मोर्चाका कैलाली कञ्चनपुर संयोजक खडक चौधरी, मोर्चाका कैलाली प्रवक्ता चुन्नीराम चौधरी, राजवन्दी संगम चौधरी, तारानगर धनगढीका भलमन्सा गोठुराम चौधरी, समाजसेवी गोपी चौधरी, नरेश चौधरी, सुन्दर चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन गायक रमेश मिसनले गरेका थिए ।

जनआवाजको टिप्पणीहरू