टीकापुर राजबन्दी परिवारलाई दशैं खर्च सहयोग

अन्तरकृया १५ आश्विन २०७७, बिहीबार Hits : 456
टीकापुर राजबन्दी परिवारलाई दशैं खर्च सहयोग

धनगढी, १५ असोज । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई दशैं खर्च सहयोग गरेका छ ।

अमेरिका क्यालिफोर्नियाबाट रामराईको आर्थिक सहयोगमा मोर्चाले प्रति परिवारलाई तीन तीन हजार रुपैया नगद र खाद्यान्न सहयोग गरेको हो ।

टीकापुर राजबन्दीका १० परिवारलाई नगद सहित १० क्वीन्ट चामल, २० केजी दाल र ५० लिटर तेल सहयोग गरेको मोर्चाका जिल्ला संयोजक माधव चौधरीले जानकारी दिए ।

उनले जेलजीवन बिताइरहेका वृजमोहन चौधरी, राजेश चौधरी, सीताराम चौधरी, राजकुमार कठरिया, सुन्दर कठरिया, प्रदिप चौधरी, श्रवण चौधरी, हरिनारायण चौधरी, बिरबहादुर चौधरी, गंगाराम चौधरीको घरपरिवारलाई सहयोग गरेको बताए ।

मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुको अध्यक्षतामा पूर्व राज्यमन्त्री जनकराज चौधरी विशिष्ट रहेका थिए । यस्तै केन्द्रिय सदस्य रामप्रसाद चौधरी, फोनिराम चौधरी, मोर्चाका जिल्ला संयोजक माधव चौधरी, जसपाके नेता दिनेश चौधरी, सुशिला चौधरी, राजाराम चौधरी, सदस्य आशिष चौधरी लगायतको टोलीले उनीहरुको घरमै पुगेर सहयोगसंगै दशैंको शुभकामना अर्दान प्रर्दान गरका थिए ।

कार्यक्रमको संचालन जिल्ला प्रवक्ता चुन्नीराम चौधरीले गरेका थिए ।

जनाअवजको टिप्पणीहरू