रानाथारू समुदाय मनाए खखडेहरा पर्व, प्रदेश सरकारलाई धन्यवाद

२ मंसिर २०७७, मंगलवार Hits : 1036
रानाथारू समुदाय मनाए खखडेहरा पर्व, प्रदेश सरकारलाई धन्यवाद

धनगढी, ४ चैत्र । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा मंगलबार खखडेहरा पर्व बनाएका छन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबारका दिन कञ्चनपुर र कैलालीका सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको छ ।


रानाथारु समुदायको महत्वपूर्ण पर्व खखडेहरामा पहिलो पटक सार्वजनिक विदा दिएकोमा नेपाल रानाथारु समाजले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले रानाथारु समुदायको संस्कृति संरक्षण, सम्वर्धन र विकासमा टेवा पुर्याउन दिएको सार्वजनिक विदा राज्यको तर्फबाट पहिलो पटक भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री, मन्त्रीपरिषद् र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जनआवाजको टिप्पणीहरू